punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमालेको चुनावी गठबन्धनप्रति भीम रावलले उठाए प्रश्न

Chaupati
safha napa

नेकपा एमालेका नेता भीम रावलले पार्टीले चुनावका लागि गरेका साँठगाँठको औचित्य पार्टीको कुनै सिद्धान्त, नीति र गन्तव्यले पुष्टि नगर्ने बताएका छन् ।

एमालेले आफ्नो घोषणापत्रमा राखेको ‘नीतिविहीन, उद्देश्यविहीन र गन्तव्यविहीन गठबन्धन सत्ता स्वार्थको माध्यम मात्र हो,’ भन्ने भनाइ उचित भएको भन्दै रावलले पार्टीले कमल थापा, राजेन्द्र लिङ्देन, एकनाथ ढकाल र हृदयश त्रिपाठीसँग गरेको साँठगाँठमाथि प्रश्न उठाएका हुन् ।

‘एमालेले भरखरै जारी गरेको घोषणापत्रमा “नीतिविहीन, उद्देश्यविहीन र गन्तव्यविहीन गठबन्धन सत्ता स्वार्थको माध्यम मात्र हो” भन्ने भनाई उचित हो,’ रावलले ट्वीट गरेका छन्, ‘तर कमल, राजेन्द्र, उपेन्द्र, एकनाथ र हृदयशसँग भएको साँठगाँठको औचित्य एमालेको कुनै सिद्धान्त, नीति र गन्तव्यले पुष्टि गर्दैनन् ।’


१५ कात्तिक २०७९, मंगलवार १९:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु