टी-२० विश्वकपः श्रीलंकाको दोस्रो जित
आईसीसी टी-२० विश्वकपमा श्रीलंकाले मंगलबार अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै सुपर १२ को समूह बी मा दोस्रो जित निकालेको छ । जितपछि चार खेलबाट ४ अंक जोडेर श्रीलंकाले तेस्रो स्थानमा उक्लेको छ । श्रीलंकाले अब सुपर १२ मा इंग्ल्याण्डसँग खेल्न बाँकी छ । लगातार चार खेलमा पराजित भएको अफगानिस्तान भने बाहिरिएको छ ।
ब्रिसबनमा भएको खेलमा अफगानिस्तानले दिएको १४५ रनको लक्ष्य श्रीलंकाले ९ बल अगावै ४ विकेट गुमाएर १४८ रन बनाउँदै पूरा गर्यो । श्रीलंकाका लागि धनन्जय डी शिल्भाले ४२ बलमा अविजित ६६ रन रन बनाए । उनले ६ चौका र २ छक्का प्रहार गरे । कुशल मेन्डिसले २५, चरिथ असलंका र भानुका राजापाक्षले १८ रन जोडे । अफगानिस्तानका मुजिव उर रहेमान र रासिद खानले २(२ विकेट लिए ।
१५ कात्तिक २०७९, मंगलवार १४:३१ बजे प्रकाशित































