punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ब्राउन सुगरसहित हेटौँडाबाट ३ जना पक्राउ

Chaupati
safha napa

हेटौँडा- मकवानपुरको हेटौँडाबाट ब्राउन सुगर सहित तीन जना पक्राउ परेका छन् । मकवानपुर प्रहरीले सवारी जाँच गर्ने क्रममा तीनजनालाई ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

प्रहरीले हेटौँडा ५ स्थित कान्तिलोकपथमा ना ४८ प ९००५ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्दा गर्दा १ ग्राम ४६० मिलि ग्राम खैरो हेरोइन र सानो डिजिटल तराजु १ थान सहित हेटौँडा–१४ मयुर धाप बस्ने २८ वर्षीय रोबिन श्रेष्ठ, हेटौँडा–११ थानाभर्याङ बस्ने २५ वर्षीय अनीश चौलागाईं र हेटौँडा–२ कान्तिराज पथ बस्ने २३ वर्षीय विकास कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

उनीहरूको साथबाट १ ग्राम ४६० मिलिग्राम खैरो हिरोइन बरामद भएको डिएसपी कार्कीको भनाई छ । उनीहरूको विषयमा थप अनसन्धान जारी रहेको कार्कीले बताए ।

 


१५ कात्तिक २०७९, मंगलवार १३:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु