punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा पटाका पड्काउन रोक

Chaupati
safha napa

कैलालीमा तिहारको समयमा पटाका पड्काउन स्थानीय प्रशासनले रोक लगाएको छ । रमाइलाको नाममा पटाका पड्काउदा हुने सम्भावित दुर्घटनालाई ध्यानमा राखेर पड्काउन तथा बिक्रि वितरणमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले पट्काबाट हुने वातावरण प्रदुषण, ध्वनी प्रदुषण तथा सम्भावित अप्रिय घटनालाई ध्यानमा राखेर पड्काउन र बिक्रि वितरणमा रोक लगाइएको जानकारी दिए ।

कसैले त्यसको उल्लङ्घन गरेर पटाका पड्काएको पाइएमा प्रचलित कानूनअनुसार कारवाही गरिने डीएसपी जोशीले बताए । यसैबिच प्रशासनले राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने जनाएको छ । डिएसपी जोशीले राति १० बजेपछि देउसी भैलो समेत खेल्न नपाइने बताए ।

रातिको समयमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिदै १० बजेपछि देउसी भैलो खेल्न नपाइने डीएसपी जोशीले बताए । चाड पर्वका बेला हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राखेर सुरक्षा योजना अन्तरर्गत जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रहरीले जनाएको छ ।


६ कात्तिक २०७९, आइतवार ०८:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु