punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सशस्त्र प्रहरीको ट्रक दुर्घटनामा २ जनाको मृत्यु

Chaupati
safha napa

कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ वाणगंगा नगरपालिका वडा नं ३ सिउटीमा भएको सशस्त्र प्रहरीको ट्रक दुर्घटनामा साइकलमा सवार यात्रुसहित एक जना सशस्त्र प्रहरीको मृत्यु भएको हो ।

सो दुर्घटनामा सवारी चालक सशस्त्र प्रहरी रमेश चौधरी र स्थानीय अमर तङनामीको पनि निधन भएको प्रहरीको भनाई छ । चार नम्बरबाट तौलिहवातर्फ जाँदै गरेको सशस्त्रको ट्रक अनियन्त्रित हुँदै साइकलमा सवार यात्रीलाई ठक्कर दिँदै दुर्घटनामा परेको स्थानीयले बताएका छन् ।

दुर्घटनामा आधा दर्जनभन्दा बढी घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बुटवल रिफर गरिएको छ ४ जनाको सामुदायिक अस्पताल चार नम्बरमा उपचार भइरहेको छ । स्थानीयका अनुसार सशस्त्र प्रहरीको गाडीमा मदिरा रहेको छ ।


४ कात्तिक २०७९, शुक्रवार २१:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु