बसले ठक्कर दिदा कैलालीमा प्रहरी हवल्दारको मृत्यु
कैलालीमा बसले ठक्कर दिदा प्रहरी हवल्दारको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत प्रहरी हवल्दार नेत्र जैसी कठायतको बसको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
लम्कीचुहा नगरपालिका स्थायी घर भएका ३७ वर्षीय जैशी सवार से १ ब २१६ नम्बरको मोटरसाइकललाई पूर्वपश्चिम राजमार्गमा ना ६ ख ७४५९ नम्बरको बसले पछाडीबाट ठक्कर दिदा उनी गम्भीर घाइते भएका थिए ।
उपचारका लागि लम्कीको लालरत्न अस्पतालमा पुगाइएका उनलाई उपचार सम्भव नभएपछि टीकापुर अस्पताल लगिएपनि उनको मृत्यु भएको हो ।
ठक्कर दिने बस र चालक धनगढी उपमहानगरपालिकाका ज्यातीसिंह चौधरीलाई प्रहरीले नियन्न्त्रणमा लिएको छ ।
४ कात्तिक २०७९, शुक्रवार २०:४७ बजे प्रकाशित































