punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थारु जातिलाई मधेसी कलस्टरमा राखेपछि थारु संगठनद्वारा घोर भत्र्सना

Chaupati
safha napa

थारु जातिलाई मधेसी आयोगले मधेसी कलस्टरमा समावेश गरिएको कार्यप्रति थारु सम्वद्ध संघ संगठनले घोर भत्र्सना जनाएका छन् ।
थारु कल्याणकारिणी सभा कैलाली, थरुहट थारुवान राष्ट्रिय मुक्ति मोर्चा कैलाली, थारु नागरिक समाज कैलाली र थारु विद्यार्थी समाज कैलालीले शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै उक्त कार्यको घोर भत्र्सना गरेका हुन् ।
मधेसी आयोगले २०७९ असोज ३१ गते राष्ट्रपति समक्ष बुझाएको आफ्नो चौथो वार्षिक प्रतिवेदनमा मधेसी समुदायको थर सूचीकरण अध्ययनमा थारु जातिलाई पनि मधेसीमा समावेश गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ–‘२०७९ असोज ३१ गते राष्टपति कार्यालयमा मधेसी आयोगले आफ्नो चौथो बार्षिक प्रतिवेदनमा मधेसी समुदायको थर सुचिकरणमा थारु जातिलाई पनि मधेसीमा समावेश गरिको गैर जिम्मेवारीपूर्ण कार्यप्रति हामी घोर आपत्ति प्रकट गर्दर्छौ ।

राज्य सरकार शासश प्रशासक र गैर राज्य तथा प्रतिक्रियावादी पक्षबाट नियोजित ढंगले थारु जातिको पहिचान, अस्तित्व माथि धावा बोल्दै मधेसी सुचिकृतमा विगत देखि पटक पटक गलत क्रियाकलापहरु हुँदै आएको सर्वविदित छ । यस हर्कतको विरुद्धमा थरुहट थारुवान आन्दोलन मार्फत सम्बन्धित पक्षलाई सचेत गराउँदा गराउँदै पनि संवैधानिक मधेसी आयोगले थारु सुचिकरण अध्ययनको नाम तथ्य आधार प्रमाण विना राजनीतिक आडमा आदिवासी मुलबासी भुमिपुत्र थारु जातिाके अस्तित्व पहिचान र इतिहासलाई कुल्चने, समाप्त पार्ने षडयन्त्रका साथ सुनियोजित ढंगले बुझाएको सिफारिस प्रतिवेदन प्रति हाम्रो पूर्णरुपमा असहमति र आपत्ति रहेको व्यहोरा जानकारी गराउँदछौ । राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधिनताका लागि तराईका धर्ती पुत्र थारुहरुले पुर्याउँदै आएको योगदानलाई नामेट पार्ने मधेसी आयोगको सिफारिसले समग्र थारु समुदाय दुःखी भएको महसुस भएको छ ।
यसर्थ मधेसी आयोगले थारु समुदायलाई मधेसीमा सुचिकरण गरेको दुस्प्रयास तथा सिफारिस प्रतिवेदन तत्काल सच्याउन हुन सम्बन्धित मधेसी आयोगलाई यसै प्रेस विज्ञप्ती मार्फत अनुरोध गर्दछौं । यदि मधेसी आयोगले आफ्नो प्रतिवेदन सिफारिसमा मधेसीमा थारु जाति सुचिकरण नसच्याए त्यसबाट हुन जाने आशातित क्षतिको जिम्मेजारी मधेसी आयोगको हसने व्यहोरा यसै प्रेस विज्ञप्ती मार्फत सम्बन्धित सबैलाई जानकारी गराउँदछौं ।’

No description available.


४ कात्तिक २०७९, शुक्रवार १९:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु