punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाली युवती बनेर दिल्लीमा बसिरहेकी चिनियाँ युवती पक्राउ

Chaupati
safha napa

नेपाली नागरिक बनेर भारतमा बसिरहेकी एक चिनियाँ युवतीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । दिल्ली प्रहरीले चिनियाँ युवतीलाई फर्जी पहिचान र भारतविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरेको दाबी गरेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार पक्राउ गरेकी युवतीको नाम काई रुओ हो र उनी चीनको हेनान प्रान्तकी हुन् ।
प्रहरीका अनुसार पक्राउ परेकी युवती नेपाली नागरिक बनेर बसिरहेका बेला उत्तरी दिल्लीको मजनूका टिला क्षेत्रबाट पक्राउ गरिएको हो ।

चेकजाँचका क्रममा युवतीको साथबाट नेपाली नागिरकताको प्रमाणपत्र फेला परेको छ, जसमा उनको नाम डोल्मा लामा लेखिएको छ । यद्पि विदेशी क्षेत्रीय पञ्जीकरण कार्यालयसँग बुझ्दा युवती चिनियाँ नागरिक रहेको र उनी सन् २०१९ मा भारत पुगेको खुलेको थियो । (बीबीसी हिन्दीबाट)


४ कात्तिक २०७९, शुक्रवार १४:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु