ओलीले गरे ४ घण्टा सर्वसाधारणसँग टेलिफोनमा कुरा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग प्रत्यक्ष टेलिफोन संवाद गरेका छन् । ओलीले पार्टी मुख्यालय च्यासलबाट टेलिफोनमा जनतासँग संवाद गरेका हुन् ।
सर्वसाधारणसँग प्रत्यक्ष जोडिन ओलीले फेसबुकमार्फत नाम र नम्बर टिपाउन सार्वजनिक रूपमा आव्हान गरेका थिए । उनले आसन्न निर्वाचनको सन्दर्भमा सर्वसाधारणसँग सुझाव लिएका छन् ।
ओलीसँग कुरा गर्नका लागि मंगलबार साँझदेखि बिहीबार मध्यान्हसम्म १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएका थिए ।
उनले करिब ४ घण्टा बसेर कुराकानी गरेको सचिवालयले जनाएको छ । टेलिफोन नम्बर र नामहरू तयार पारेर छनौट गर्दै ओलीले फोन गरेका थिए ।
४ कात्तिक २०७९, शुक्रवार १४:२५ बजे प्रकाशित































