punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा हतियार र अवैध सुर्तीजन्य पदार्थ सहित तीन जना पक्राउ

Chaupati
safha napa

बैतडी,असार १५ । हात हतियारसहित भारतबाट अवैध रुपमा ल्याइएको एक लाख ५० हजार मूल्य बराबरको बिँडीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका–८ त्रिपुराका २२ वर्षीय आकाश चन्द, १९ वर्षीय दीपक भट्ट र २१ वर्षीय प्रकाश मार्कण्ड रहेका छन् ।

उनीहरुलाई दशरथचन्द नगरपालिका–८ नल्तडीस्थित महाकाली किनारबाट गए राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भन्सार छली गरी महाकाली नदीमा ट्युबमार्फत अवैध रुपमा बिँडी भित्रिरहेको गोप्य सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी नेतृत्वको टोलीले ती तीन जनालाई पक्राउ गरिएको जनाइको छ । बरामद गरिएको सामग्रीलाई महाकाली भन्सार कार्यालय झुलाघाट बुझाइने छ ।

यसअघि गत जेठ २८ गते पनि सीमा सुरक्षाका लागि झुलाघाटमा स्थापना गरिएको सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) को गस्ती टोलीले दशरथचन्द नगरपालिका–६ स्थित शेराबाट दुई पेटी बिँडी बरामद गरेको थियो ।


१४ असार २०७७, आइतवार ०८:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु