punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लकडाउनले बन्द सेयर बजार भोलिदेखि खुल्दै

Chaupati
safha napa

काठमाडौं, असार १४ । देश भरी लकडाउन भए पछि भन्द भएको सेयर बजार भोलि देखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डको आइतबार बसेको बैठकले भोलि सोमबारदेखि सेयर बजार सञ्चालन गर्ने निर्णय गरेको हो । लकडाउनका समयमा दुई दिन मात्र संचालन भए पछि पूर्ण रुपमा बन्द सेयर बजार भोलि सोमबारदेखि खुल्ने भएको छ ।

लकडाउन सुरु भएसँगै चैत ११ बाट बन्द भएको सेयर बजार वैशाख ३० र ३१ गते २ दिनमात्र खुलेको थियो। त्यसपछि पुर्णरुप बन्द भएको सेयर बजार व्यवस्थित रुपमा खोल्नुपर्ने दवाब बढेपछि बोर्डले खोल्ने निर्णय गरेको हो।

बोर्ड खोल्ने निर्णय गरे पनि के कसरी खोल्ने भन्ने मोडालिटीमा तय गर्न बाँकी छ। सेयर कारोबार अनलाइनबाट गर्न सकिने व्यवस्था भएकाले पहिलेजस्तै पूर्ण रुपमा बजार खुल्ला हुने छ ।

देशमा लकडाउन सुरु भएपछि सेयर बजार बन्द भएको थियो। बीचमा केही समय खुलेको सेयर बजार पुनः बन्द भएपछि यसलाई कसरी खोल्ने भन्ने विषय अध्ययन समिति गठन गरिएको थियो। उक्त समितिले सेयर बजार कहिले खोल्ने, कसरी खोल्ने, समय कसरी मिलाउने भन्ने बारेमा प्रतिवेदन तयार गरेर बोर्डलाई बुझाएको थियो।


१४ असार २०७७, आइतवार ०९:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु