punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

साताव्यापी कार्यक्रम गरेर मदन भण्डारीको जन्मजयन्ती मनाइँदै

Chaupati
safha napa

काठमाडौं,असार १४ । जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्तीलाई कोरोना भाइरसको सम्भावित संक्रमणबाट सचेत हुँदै विभिन्न कार्यक्रम गरी साताव्यापीरुपमा मनाइँदै छ।

‘मदन भण्डारी फाउण्डेशन’ ले आज मध्यान्ह प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गर्ने विशेष कार्यक्रममा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन्।

फाउण्डेशनले यही ७ असारदेखि जलवायु परिवर्तन र वातावरण संरक्षणका लागि घर-कम्पाउण्ड वा सार्वजनिक स्थलमा फलफूलको विरुवा रोप्ने र रोपेका विरुवाको संरक्षण गर्ने, फलफूल तथा तरकारीका बिऊबिजन वितरण गर्ने, किसानका बीचमा एकापसमा अनुभव साटासाट गर्ने, गरीब, असहाय, मजदुर, सुकुम्बासी, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिक केन्द्रित कार्यक्रम गरेको सचिव पेम्बा लामाले बताए।

त्यस्तै सामाजिक सञ्जालमार्फत कोरोना भाइरससम्बन्धी सचेतना कार्यक्रमहरू, मदन भण्डारी रक्त कोष स्थापना, विभिन्न तहमा भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ र भण्डारीका योगदानका बारेमा अन्तरक्रियाको आयोजना, राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र तथा जनजीविका, सरकार सञ्चालन, संगठन परिचालन आदिका विषयमा रचनात्मक कार्यक्रमहरु राखिएको छ।

तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३ जेठ २०५० मा चितवनको दासढुङ्गामा भएको जिप दुर्घटनामा निधन भएको थियो।

भण्डारीको जन्म १४ असार २००९ मा ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो। कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गराउन ‘जनताको बहुदलीय जनवाद’ को सैद्धान्तिक कार्यक्रम ल्याएकामा भण्डारीको विशेष योगदान स्मरण गरिन्छ।


१४ असार २०७७, आइतवार ०५:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु