punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विप्लव समूहका नगर ईन्चार्ज सहित ६ जना पक्राउ

Chaupati
safha napa

धनगढी , असार १४ । धनगढीबाट विप्लव समूहका नगर ईन्चार्ज सहित ६ जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले नगर ईन्चार्ज प्रकाश रावल सहितका ६ जनालाई पक्राउ गरेको हो । कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जवराले धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को जुगेडा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा विप्लव निकटको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजंग सिह सहित डम्बर सुनार, दलबहादुर विक, सुवास जोशी र लक्की शाह रहेका छन् । उनीहरुलाई शंकास्पद गतिविधिमा संलग्न भएको आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ भने केहीलाई पूराना मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।


१४ असार २०७७, आइतवार ०५:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु