punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीको भजनीमा बाढीले ५०० घर डुबानमा

Chaupati
safha napa

बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण कैलालीको भजनी नगरपालिकामा पाँच सय भन्दा बढी घर डुबानमा परेका छन् ।भजनी नगरपालिका २, ३, ७ र ८ का विभिन्न बस्तीमा बाढी पस्दा डुबान भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले वडा नम्बर २ को पल्टापुर, मोहनपुर र तीन घरुवा टोलका करीब १२५ घरमा काँडा नदीको बाढी पसेपछि मानिसहरु विस्थापित भएको जानकारी दिए ।

अहिले उनीहरुलाई राष्ट्रिय माध्यमिक विद्यालय पल्टापुरमा राखिएको छ भने वडा नम्बर ७ को शिविर टोलका अन्दाजी ४० घरमा कान्द्रा नदीको बाढी पसेको छ तर उनीहरु विस्थापित भएका छैनन् । डीएसपी जोशीकाअनुसार पथरिया नदीको बाढीले भजनी नगरपालिका–८ को खल्ला टोल र पाण्डे टोल समेतका गरी ८२ घर डुबानमा परेका छन् ।

उनीहरु अहिले हुलाकी सडक खण्डमा त्रिपाल गाडेर बसिरहेका छन् । शनिबार आएको बाढीका कारण वडा नम्बर ८ कै करीब दुई सय ५० घरधुरी विस्थापित भएका छन् । उनीहरु पनि हुलाकी सडकको किनारमा त्रिपालमुनी आश्रय लिएर बसेका छन् भने भजनी नगरपालिका ३ का  ८५ घरधुरीमा बाढी पस्दा विस्थापित भएका करीब तीन सय जना समेत हुलाकी सडक खण्डको किनारमा त्रिपाल गाडेर बसिरहेको प्रहरीले जनाएको छ । अविरल वर्षाले जिल्लामा डुबानको समस्या देखिएपनि अहिलेसम्म मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ ।


२२ असोज २०७९, शनिवार १६:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु