punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुरामा दुईवटा शव फेला

Chaupati
safha napa

डडेल्धुरा,असार १३ । डडेल्धुरामा दुईवटा शव फेला परेका छन्। जिल्लाको परशुराम नगरपालिका–५ स्थित महाकाली नदीको किनारमा दुई बेवारिशे शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शव गलेको अवस्थामा फेला परेकाले पहिचान नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए।

‘शव एकदमै पुरानो भएकाले दुवैको पहिचान भइसकेको छैन ।‘शव महाकाली किनारमा फेला परेकाले बगेर आएको आशंकामा हामीले सनाखतका लागि बैतडी र दार्चुला प्रशासनमा जानकारी गराएको प्रहरी नायव उपरीक्षक न्यौपानेले बताए।


१३ असार २०७७, शनिवार १४:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु