बैतडीमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते
बैतडी । शनिबार बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुने ट्रकका सहचालक डोटीको जोरायल गाउँपालिका २ बुडरका २० बर्षीय भुवन सुब्बा रहेका छन् ।
ट्रकका चालक कैलालीको गोदावरी नगरपालिका मालाखेतीका ३० बर्षीय लवकुमार तामाङ गम्भीर घाइते भएका छन् । घाइते तामाङलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।
दाङबाट सिमेन्ट बोकेर बझाङतर्फ गईरहेको ना. ६ ख ४४५० नम्बरको ट्रक जयपृथ्वीराजमार्ग अन्तर्गत पाटन नगरपालिका ८ धारीमा दुर्घटनामा परेको हो ट्रक सडकबाट ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । ट्रकमा चालक र सहचालक मात्रै रहेका थिए ।
१३ असार २०७७, शनिवार १८:४२ बजे प्रकाशित































