punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

Chaupati
safha napa

जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिमा गाउँपालिका–१ आचार्य लिहीमा स्याउ बागमती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक वुधबार राति दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार दुर्घटनामा मकवानपुर घर भएका चालक अविनाश लामाको मृत्यु भएको छ । त्यस्तै मकवानपुर नै घर भएका गाडीका सहचालक हरि न्यौपाने घाइते भएका छन् । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको छ ।

हिमा गाउँपालिका १ का वडाध्यक्ष रतनबहादुर शाहीका अनुसार जुम्लाको कनकासुन्दरी गाउँपालिका गुठीज्यूलाबाट स्याउ लिएर सुर्खेत जादै गरेको ट्रक बझाङेखोलामा दुर्घटना भएको हो ।


१३ असोज २०७९, बिहीवार १५:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु