punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जीप दुर्घटनामा ८ जनाको मृत्यु, एक जना घाईते

Chaupati
safha napa

सल्यानको कपुरकोटमा जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट बिहेको भोज खासल्यानएर फर्कंदै गर्दा रा १ ज ५६३ नम्बरको जीप सल्यान कपुरकोट–३ मुलपानीमा बिहान ३ बजे दुर्घटना हुदा ८ जनाको घटनास्थलमै मृत्यु भएका हो ।

उक्त घटनामा परि मृत्यु हुनेमा कपुरकोट गाउँपालिका–६ जलबाँङका २१ वर्षीय चालक जीतबहादुर बोहोरा, ३७ वर्षीय धर्मा वली, ४० वर्षीय टोपबहादुर ओली, ११ वर्षीय बसन्त वली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया कुमारी वली र ३५ वर्षीय ललित वली रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले जानकारी दिए ।

प्रहरीका अनुसार मृत्यु हुने सबै कपुरकोट गाउँपालिका बासिन्दा रहेका छन् । कपुरकोट गाउँपालिका–६ जलबाँङका ३५ वर्षीय तिलक वलीको दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको छ ।


१२ असोज २०७९, बुधवार १२:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु