बैतडीमा डेंगु र स्क्रब टाइफसका संक्रमित बढे
बैतडीमा पछिल्लो समय डेंगु र स्क्रब टाइफसका बिरामी बढेका छन् । जिल्ला अस्पतालमा मात्रै साउनयता १४० जनामा स्क्रब टाइफस र १३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको हेल्थ असिन्टेन्ट हेमन्त खडायतले जानकारी दिए।
जिल्ला अस्पतालमा मात्रै नभएर जिल्लाका अन्य स्वास्थ्य संस्थामा डेंगु र स्क्रब टाइफस संक्रमित फेला पर्न थालेको स्वास्थ्य कार्यालयले जनाएको छ। बिरामी भएर अस्पताल र स्वास्थ्य संस्थामा आएका व्यक्तिको परीक्षण गर्दा डेंगु र स्क्रब टाइफस देखापर्ने गरेको हो।
जिल्ला अस्पतालमा हाल दैनिकरूपमा डेंगु र स्क्रब टाइफसका बिरामी फेला पर्न थालेका अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए। डेंगु र स्क्रब टाइफस लक्षण देखिए समयमा नै अस्पतालमा जाँच गर्नुपर्ने र स्वास्थ्य संस्थामा जाँच गरेपछि मात्रै संक्रमण बारेमा जानकारी हुने उनको भनाइ छ।
२९ भदौ २०७९, बुधवार ११:२५ बजे प्रकाशित































