पोखरीमा डुबेर सप्तरीमा एक बालकको मृत्यु
सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।मंगलबार दिउँसो करिब पौने १२ बजे शम्भुनाथ नगरपालिका–७ भागवतपुर बस्ने सचिन्द्र सदाका छोरा ५ वर्षीय सुदीप कुमार सदाको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ।
डोजरले खनेको सानो पोखरीमा खेल्ने क्रममा डुबेका बालकलाई उपचारको लागि छिन्नमस्ता अस्पताल राजविराज लगेकोमा चिकित्सकले मृत घोषित गरेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
२९ भदौ २०७९, बुधवार ११:२२ बजे प्रकाशित































