मोहना किनारमा मृत भेटिइन् धनगढीकी आस्था
धनगढीमा सोमबारदेखि बेपत्ता भएकी आस्था शर्मा मोहना नदीमा मृत फेला परेकी छन् । धनगढी उपमहानगरपालिका–१३ की १५ वर्षीया शर्मा आज बिहान मोहना नदीमा मृत भेटिएकी हुन् । सोमबार उनी विद्यालय जान्छु भनेर घरबाट हिँडेकी थिइन् । त्यसपछि बेपत्ता भएकी उनको खोजीको लागि प्रहरी टोली खटिएको थियो ।
श्री त्रिभुवन माध्यमिक विद्यालय बोराडाडी कैलालीमा कक्षा ८ मा अध्ययनरत उनी २० गते बिहान ८ बजे बिधालय जान्छु भनी हिडेपनि नगएको प्रहरीले जनाएको छ । साँझ सम्म घर नफर्कीएपछि सम्पर्क बिहिन भएकी आस्थाको खोजीमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यलय कैलालीको टोली खोज तलासमा खटिएको थियो ।
खोज्ने क्रममा आज उनको शव भारततर्फको हल्दुघाटस्थित मोहना किनारमा फेला परेको कैलाली प्रहरीले जनाएको छ । मृतकको गोजीमा आस्था शर्मा लेखिएको कागज पनि फेला परेको कैलाली प्रहरीले जनाएको छ । घट्नाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
२४ भदौ २०७९, शुक्रवार ११:२० बजे प्रकाशित































