punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बेलायती राजगद्धीको उत्तराधिकारी क्रम

Chaupati
safha napa

बेलायती महारानी एलिजाबेथ द्वितीय लामो समय गद्धीमा रहेकी शासक हुन्। उनका चार सन्तान, ८ नातिनातिना र १२ पनातिपनातिनी छन्।

उनको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको हो। उनी ७० वर्ष गद्धीमा रहिन्। उनको निधन लगत्तै उनका जेठो छोरा चार्ल्स राजा बनेका छन्।

चार्ल्स राजा बने सन् १९४८ मा जन्मिएका चार्ल्स बिहीबार नै राजा बनेका छन्। उनले सन् १९८१ को जुलाई २९ मा लेडी डायना स्पेन्सरसँग विवाह गरेका थिए।

उनीहरुका दुई छोरा छन्, विलियम र ह्यारी। चार्ल्स र डायना सन् १९९६ मा छुट्टिएका थिए। सन् १९९७ को अगस्ट ३१ मा राजकुमारी डायनाको कार दुर्घटनामा निधन भएको थियो। चार्ल्सले सन् २००५ को अप्रिल ९ मा कमिला पार्करसँग विवाह गरेका हुन्।

राजगद्धीको बरियताक्रममा राजकुमार विलियम राजा चार्ल्सपछि पहिलो नम्बरमा छन्। उनी ड्युक अफ कर्नवाल एण्ड क्याम्ब्रिज बनेका छन्। उनको जन्म सन् १९८२ मा भएको हो। उनी आमा डायनाको निधन हुँदा १५ वर्षका थिए।

उनकी श्रीमती डचेज अफ कर्नवाल एण्ड क्याम्ब्रिजका दुई छोरा र एक छोरी छन्। गद्धीको लाइनमा उनीहरुका जेठो छोरा जर्ज दोस्रो नम्बरमा, छोरी सार्लोट तेस्रो तथा छोरा लुइस चौथो नम्बरमा छन्।

बरियताको पाँचौँ नम्बरमा राजकुमार ह्यारी रहेका छन्। ड्युक अफ ससेक्स हाल अमेरिकामा बस्दै आएका छन्। उनको जन्म सन् १९८४ मा भएको हो। छैटौँ नम्बरमा उनका छोरा आर्ची ह्यारिसन माउन्टबेटन–विन्डसोर र सातौँ नम्बरमा छोरी लिलिबेट डायना माउन्टबेटन–विन्डसोर छन्।

बरियताको आठौँ नम्बरमा द ट्युक अफ योर्क, नवौँ नम्बरमा राजकुमार बिट्रिस, दशौँ नम्बरमा सिएना एलिजाबेथ मापेली मोजी, एघारौँ नम्बरमा राजकुमारी युजिन, १२ औँ नम्बरमा अगस्ट फिलिप, १३ औँ नम्बरमा द अर्ल् अफ वेसेक्स, १४ औँ नम्बरमा जेम्स, विस्काउन्ट सिभर्न, १५ औँ नम्बरमा लेडी लुइज, १६ औँ नम्बरमा द प्रिन्सेज अफ रोयल तथा १७ औँ नम्बरमा पिटर फिलिप्स छन्।

यस्तै १८ औँ नम्बरमा सभाना पिलिप्स, १९ औँ नम्बरमा इजला फिलिप्स, २० औँमा जारा टिन्डल, २१ औँ नम्बरमा मिया, ग्रेस टिन्डल, २२ औँ नम्बरमा लिना एलिजाबेथ टिन्डल र २३ औँ नम्बरमा लुकस फिलिप टिन्डल छन्।

 


२४ भदौ २०७९, शुक्रवार ११:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु