punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री देउवाद्वारा बेलायती महारानीको निधनप्रति दुःख व्यक्त

Chaupati
safha napa

बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्।

९६ वर्षीया एलिजाबेथको बिहीबार स्कटल्यान्डको वालमोरलमा निधन भएको थियो।

प्रधानमन्त्री देउवाले रानी एलिजाबेथको निधनले नेपाल र नेपाली जनताले आफूलाई माया गर्ने एक व्यक्तित्व गुमाएको बताएका छन्।

प्रधानमन्त्री देउवाले बेलायती महारानी सन् १९६१ र सन् १९८६ मा नेपालको राजकीय भ्रमणलाई चर्चा गर्दै श्रद्धाञ्जली दिएका छन्।

एलिजाबेथ तत्कालीन राजा महेन्द्रको निम्तोमा सन् १९६१ मा र राजा वीरेन्द्रको राज्याभिषेकमा सन् १९८६ मा नेपालको राजकीय भ्रमणमा आएकी थिइन्।

बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनसँगै संसारभरका जनताले ठाउँ–ठाउँमा फूल चढाएर उनीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

बेलायतको राजदरबार बकिङ्घम प्यालेस अगाडि बाहिर हजारौं मानिस भेला भएर उनको शोकमा फूल चढाइरहेका छन्।


२४ भदौ २०७९, शुक्रवार ११:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु