punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रुकुम घटनाका दोषीलाई कारवाहीको माग राख्दै धनगढीमा मोटरसाइकल र्याली

Chaupati
safha napa

धनगढी ,असार १० । मुक्तिका लागि साझा अभियानले रुकुम चौरजहारीको घटनाका दोषीलाई कारवाही लगायतका अन्य माग राख्दै धनगढीमा मोटरसाइकल र्याली निकालेको छ। रुकुम घटनाका दोषिलाई कारवाही गर, नागरिकको ज्यूधनको सुरक्षाका लागि व्यवस्था गर, जातिय छुवाछुत २०६८ लागु गर, क्वारेन्टिनमा बसेकालाई मनोपरामर्श कार्यक्रम सञ्चालन गर, पिसिआरको व्यवस्था गर लगायका माग राख्दै मुक्तिका लागि साझा अभियानले धनगढीमा खबदारी स्वरुप मोटरसाइकल र्याली निकालेको हो।

धनगढीको ट्राफिक चौराहबाट सुरु भएको मोटरसाइकल र्याली जिल्ला प्रशासन कार्यालय कैलाली पुगेर कोण सभामा परिणत भएको थियो। कोण सभामा नेपाली कांग्रेस संविधान सभा सदस्य तथा पूर्व सांसद प्यारेलाल रानाले लकडाउनको बहानामा सुरक्षाकर्मीका कारण रुकुमको घटना घटेको आरोप लगाए। रुकुम घटनामा प्रहरी मुखदर्शक बनेको थियो, रानाले भने,–‘कुटपिट गर्दा पनि प्रहरीले एक्सन नलिदा जघन्य घटना घटेको हो।’

उनले चौरजहारीका दोषिलाई कारवाही, पीडितलाई न्याय र क्षतिपुर्तिको माग गरे। रुकुम घटनाको प्रतिवेदन छानविन समितिले चाँडो सांसदमा पेश गर्न समेत उनले अनुरोध गरे। कोरोनाको माहामारीमा कैलालीमा प्रदेश सरकारले पिसिआर र व्यवस्थित क्वारेन्टिनको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए।

जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर–८ का कि युवतीसँग प्रेममा रहेका जाजरकोट भेरी नगरपालिका ४ का २१ का युवक नवराज विकसहित ६ जना हत्या भएको थियो।


१० असार २०७७, बुधवार ०७:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु