punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सिट संख्याको सहमति आज सार्वजनिक गरिँदै

Chaupati
safha napa

सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलले दलहरुले पाउने सिट संख्या आज सार्वजनिक गर्ने भएको छ । कार्यदलको साँझ ५ बजे बस्ने बैठकले सिट संख्या सार्वजनिक गर्न लागेको हो ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यदलका सदस्यहरुबीच सहमति भएका विषयलाई लिपिबद्ध गर्न मात्र बाँकी रहेकोले बुधबार बस्ने कार्यदलको बैठकले प्रतिवेदन नै तयार पारेर शीर्ष नेतृत्वलाई बुझाउने बताएका छन् ।

स्रोतका अनुसार प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ८६ सिटमा र बाँकी सिट अन्य दलहरुले पाउने गरी सहमति भएको छ ।

 


२२ भदौ २०७९, बुधवार ०८:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु