punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आफ्नै निर्वाचन क्षेत्रमा सर्वसम्मत सिफारिस हुन सकेनन् महर

Chaupati
safha napa

नेकपा एमालेका युवा नेता ऐन महर आफ्नै निर्वाचन क्षेत्रमा सर्वसम्मत सिफारिस हुन सकेनन्। बझाङबाट प्रतिनिधिसभा सदस्यका लागि महरसहित जनाको नाम पार्टीले सिफारिस गरेको हो। एमाले बझाङले महरसहित जिल्ला कमिटी सदस्य महेश भट्टराई र जुना जाग्रीको नाम पनि सिफारिस गरेको छ। जिल्ला कमिटीको अभिमतको आधारमा उम्मेदवारको नामावली केन्द्रमा सिफारिस गरेकोे पार्टीका जिल्ला सचिव आनन्दलाल विश्वकर्माले बताए।

अनेरास्ववियुको अध्यक्ष भइसकेका नेता महर गृहजिल्लामै सर्वसम्मत उम्मेदवार सिफारिस हुन नसक्दा उनको राजनीतिक भविष्यका विषयमा चर्चा चलेको छ। महर भने, ‘एकल सिफारिस नभए पनि प्रतिनिधी सभामा चुनाव लड्ने म नै हो’ भन्दै गृह जिल्लामा सक्रिय देखिन्छन्। विशेषगरी जिल्लाका ग्रामीण क्षेत्रमा पछिल्लो समय उनको दौडधुप बढी देखिएको छ।

समानुपातिकतर्फ जिल्ला सचिव विश्वकर्मा लगायत ११ जनाको नाम सिफारिस गरिएको छ। जसमा आनन्दलाल विश्वकर्मा, अर्जुन थापा, जनकराज जोशी,राधा कुमारी विष्ट, भागरथी अवस्थी (जोशी), धनलक्ष्मी खत्री, सरिता कुमारी भण्डारी(खड्का), शंकर रसाइली, धर्मराज बोहरा, विजयराज श्रेष्ठ र डा।चेतराज जोशीको नाम सिफारिस गरिएको छ।


२२ भदौ २०७९, बुधवार ०८:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु