punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टिकटक बनाउने बहानामा पठाओ चालकको बाइक चोरी, ३ जना पक्राउ

Chaupati
safha napa

टिकटक बनाउने बहानामा पठाओ चालकको मोटरसाइकल चोरी गर्ने समूह पक्राउ परेको छ ।पक्राउ पर्नेमा सिन्धुपालचोक घर भएका १८ वर्षीय निसान सापकोटा, ३२ वर्षीय ग्यारेज सञ्चालक रामचन्द्र रावल र ३२ वर्षीय पाटपुर्जा खरिदकर्ता पुस्कर काफ्ले रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले गएको साउनमा मोटरसाइकल चोरी गर्ने गिरोहको खोजी गर्ने क्रममा यो समूह फेला परेको हो ।

यो समूहले बाइक चोरी गर्ने र चोरी गरेको बाइकको पाटपुर्जा अर्को बाइकमा राखी बाँकी भएका अन्य पाटपुर्जालाई कवाडीमा बेच्ने गरेको अनुसन्धानबाट खुलेको छ । मुख्य आरोपित निसान सापकोटाले पीडित पठाओ चालकसँग चिनजान गरी उनीलाई साथी बनाएका थिए ।

चिनजानबाट सम्बन्ध नजिकिन थालेपछि सापकोटाले उक्त पठाओ चालकको मोटरसाइकल टिकटक बनाउनको लागि भनेर मागि फरार भएका थिए ।

सो मोटरसाइकल लगी उनले त्यसरी नै पाटपुर्जा बिक्री गरेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका व्यक्तिहरूलाई प्रहरी वृत बौद्ध पठाएको छ ।

 


२१ भदौ २०७९, मंगलवार १२:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु