punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गुल्मी र पाल्पामा करेन्ट लागेर दुई जनाको मृत्यु

Chaupati
safha napa

गुल्मी र पाल्पामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर- ४ जैसिथोकका ४२ वर्षका मानबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवराज खरेलले जानकारी दिए।

रानालाई मंगलवार बिहान आफ्नै घरको छतमा करेन्ट लागेको थियो। करेन्ट लागेपछि २ तला माथिबाट खसेर गम्भीर घाइते भएका रानालाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, पाल्पामा पनि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खोटाङको जन्तेढुंगा गाउँपालिका-३ घर भई हाल पाल्पाको तानसेन नगरपालिका(१ गैरागाँउमा बस्दै आएका ३४ वर्षीय महेश राई रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाका अनुसार राईले घर बनाउने काम गर्दै आएका थिए। मंगलवार बिहान तानसेन ४ शिलखानटोलस्थित झविन्द्र देवकोटाको घर बनाउने क्रममा राईलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।

उनलाई उपचारको लागि तानसेनस्थित मिसन अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको डीएसपी थापाले बताए।


२१ भदौ २०७९, मंगलवार १२:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु