punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमालेको कारबाहीमा परेका थापा नागरिक उन्मुक्ति प्रवेश गर्दे

Chaupati
safha napa

प्रदेशसभा सदस्य तथा नेकपा एमालेका पुर्व कैलाली जिल्ला अध्यक्ष रतन थापा नागरिक उन्मुक्ती पार्टीमा प्रवेश गर्न लागेका छन् । श्रोतका अनुसार बिहिबार (आज) बिहान नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष रञ्जिता चौधरी र थापाको बैठकमा थापा सो पार्टीमा प्रवेश गर्न सहमत भएका हुन् ।

थापा संगै राष्टिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तथा पुर्व सांसद कैया चौधरीपनि पार्टी प्रवेश गर्न लागेका छन् । थापा र चौधरीको नेतृत्वमा धेरै नेता कार्यक्रताहरु नागरिक उन्मुक्ती पार्टी प्रवेश गर्न लागेको पार्टीले जनाएको छ ।

सुदूरपश्तिम प्रदेश सभा सदस्य रतन थापालाई नेकपा एमालेले निर्वाचनमा आफ्नै उमेदवार हराउन लागेको आरोप लगाउँदै गत असार १४ गते कारबाही गरेको थियो।

 


१६ भदौ २०७९, बिहीवार ११:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु