punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ब्राउन सुगरसहित दुई जना पक्राउ

Chaupati
safha napa

बाँकेको नेपालगञ्जको जमुनाह नाकाबाट प्रतिबन्धित लागुऔषधसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१३ का प्रमोद सिंह ठाकुर र विकास सिंह ठाकुरलाई ५ ग्राम ५ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जमुनाह प्रहरीका इन्चार्ज माधव रिजालले बताए ।

रुपैडियाबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे ८ प १७५३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्रमोदले हातमा मुठ्ठी पारेको अवस्थामा ब्राउनसुगर बरामद भएको पनि प्रहरीले जनाएको छ ।

नाकाबाट हुने लागुऔषधको कारोबार र प्रयोगलाई नियन्त्रण गर्न जाँचलाई कडाइ गरेको रिजालले बताए । पक्राउ परेका दुवै जनालाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाउने तयारी भइरहेको छ ।


३१ साउन २०७९, मंगलवार २२:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु