punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जीर्ण कारागारमा कैदीबन्दी

Chaupati
safha napa

बाजुराको सदरमुकाम बडिमालिका नगरपालिका–९, मार्तडीमा रहेको जीर्ण कारागारमा कैदी बन्दीले कठिन जीवन बिताइरहेका छन्। ०३७ सालमा बनेको बाजुरा कारागार जीर्ण बने पनि मर्मतको पहल कतैबाट हुन सकेको छैन। बाजुरा कारागार कार्यालय बाजुराका चौकीदार रुपेस रावलले लामो समय हुँदा पनि कारागारको कहीँ कतैबाट मर्मत सम्भार नभएको बताए ।

उनका अनुसार यो कारागारको क्षमता २५ जनाको मात्र हो। अहिले कारागारमा ४१ जना कैदी र १४ जना थुनुवा गरेर ५५ बसोबास गर्दै आएका छन्। क्षमता भन्दाबढी कैदी र थुनुवा हुलेपछि अहिले उनीहरूलाई सुत्न त के बस्नलाई पनि निकै समस्या भएको छ। चौकीदार रावलका अनुसार प्रदेश सरकारबाट कर्कटपाता दिएपछि चुहिने काम त बन्द भएको छ तर एक खाटमा पाँच, छ जना सुत्नुपर्ने अवस्था छ।

यस कारागारमा कैदीहरू शिक्षाबाट पनि वञ्चित रहेका छन्। कारागारमा रहेको कैदीबन्दीले दैनिक ६० रुपियाँ नगदी र जिन्सीसहित सात सय ग्राम चामल पाउने भए पनि बस्न उठ्न र सुत्नका लागि भने निकै सास्ती खेप्दै आउनुपरेको बताइन्छ। बाजुराका कारागारका जेलर हंशबहादुर बोहराले कारागारको अवस्था निकै नाजुक भए पनि मर्मतका लागि कतैबाट सुनुवाइ नभएको बताए । उनले भने, “कारागारको पर्खालसँगै सडक खनिएको छ।

त्यसबाट अवैध सामान भित्र फाल्न सकिने निकै सम्भावना छ। धेरै पटक बाहिरबाट अवैध सामग्री फाल्ने प्रयास पनि भयो। हामीले यो कुरा सम्बन्धित ठाउँमा पुगाएको हो तर अहिलेसम्म कुनै सुनुवाइ भएको छैन।” कारागारसँगै रहेको प्रहरी बस्ने भवन पनि अहिले जीर्ण बन्दै गएका छन्। यो बर्खा बाजुरामा लगातार परेको पानीका कारण ती भवन निकै चुहिने गरेका छन्। त्रिपाल राखेर सुरक्षाकर्मीले बस्नुपर्ने अवस्था छ। कारागार कार्यालय बाजुराको सुरक्षाका लागि अहिले दैनिक १७ जना नेपाली सेना र चार जना नेपाल प्रहरी जवान बस्ने गरेको जेलर बोहराले बताए ।

यो वर्षझँै सधैँ लगातार पानी पर्ने हो भने कारागारको भवन नै पूरै भत्किने सम्भावना छ। जेलर बोहराका अनुसार पुरानै डिजाइनमा निर्माण भएको कारागार भवनमा नत खटिया राख्न ठाउँ पुग्छ, न त कुनै सामग्री राख्न ठाउँ पुग्छ, अहिलेसम्म तानतुन गर्दै कैदीले जीवन बिताउँदै आएका छन्। भवन निर्माण र कैदीहरूको राम्रोसँग व्यवस्थावन गर्नका लागि विभिन्न ठाउँमा पहल गरे पनि कतैबाट यसको सुनुवाइ नभएको जेलर बोहराले बताए ।


३१ साउन २०७९, मंगलवार ०९:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु