punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निर्वाचन आयोगमा ६२ दल दर्ता, आज अन्तिम दिन

Chaupati
safha napa

निर्वाचन आयोगमा दल दर्ता गर्ने आज अन्तिम दिन हो। आगामी ४ मंसिरका लागि तोकिएको प्रदेश र प्रतिनिधिसभा चुनावका लागि दल दर्ताका लागि मंगलबारसम्मको म्याद रहेको निर्वाचन आयोगका सह–प्रवक्ता सुर्य प्रसाद अर्यालले जानकारी दिए। निर्वाचन प्रयोजनका लागि सबैभन्दा पहला सिके राउतको नेतृत्वमा जनमत पार्टी दर्ता भएको थियो।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १० औं नम्बरमा दल दर्ता गराएको थियो। सह–प्रवक्ता अर्यालका अनुसार अहिलेसम्म ६२ वटा दल दर्ता भएका छन्। बाँकीले मंगलबार कार्यालय समयभित्र आयोग पुगेर दल दर्ता गराउनपर्ने उनले बताए। सत्तारुढ दल नेपाली कांग्रेसले दल दर्ताको जिम्मेवारी पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दल दर्ताको जिम्मेवारी मुख्य सचिव पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको हो। निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि गत आइतबारबाट दल दर्ता कार्यक्रम सुरु गरेको थियो।


३१ साउन २०७९, मंगलवार ०९:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु