punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बेपत्ता दुई किशोरीको अवस्था अझै अज्ञात, सुरक्षाकर्मी परिचालन

Chaupati
safha napa

४ दिनदेखि महाकालीमा बगेर बेपत्ता भएका बैतडीका दुई किशोरी अझै भेटिएका छैनन्। दशरथचन्द नगरपालिका-८ सांगडीका १५ वर्षीया कविता टमटा र १५ वर्षीया संगीता टमटा अझै नभेटिएका बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

उनीहरूको खोजीका लागि महाकाली नदी किनारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। शुक्रबार दिउँसो २ बजे नुहाउने क्रममा मौरास्थित महाकालीमा बेपत्ता भएका भए पनि प्रहरी र प्रशासनलाई भने बेलुका पौने ७ बजे खबर गरिएको थियो।

खबर पाउनासाथ सुरक्षाकर्मी परिचालन गरिएका थिए। सहायक प्रमुख जिल्ला अधिकारी भारतीले भने, ‘महाकाली नदी तटीय क्षेत्रको बैतडीसहित डडेल्धुरा र कञ्चनपुरका साथै भारतीय सीमा सुरक्षा बललाई पनि खोजी गरिदिन भनेका छौं। अहिलेसम्म बेपत्ता किशोरीको अवस्था अज्ञात छ।’

बेपत्ता दुवै किशोरी राजकीय इन्टरकलेज झुलाघाट भारतमा कक्षा १० मा अध्ययनरत रहेका बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। एकै गाउँका दुईजना किशोरी महाकालीमा बगेर बेपत्ता भएपछि गाउँ शोकमग्न भएको छ।

 


३१ साउन २०७९, मंगलवार ०८:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु