punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शिक्षक लाइसेन्सको परीक्षामा भिडिओ बनाउनेको परीक्षा रद्द

Chaupati
safha napa

शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र ९लाइसेन्स०को परीक्षामा भिडिओ बनाएर सामाजिक सञ्जालमा राख्ने एक परीक्षार्थीलाई कारबाही गरेको छ। यही साउन २८ गते कैलालीस्थित धनगढीको त्रिभुवन मावि बोराडाँडीको ‘ख’ केन्द्रबाट परीक्षा दिएका विनोदकुमार बमलाई आयोगले कारबाही गरेको हो।

मर्यादाविपरीत प्रश्नपत्र र उत्तरपुस्तिकाको भिडिओ बनाएर सामाजिक सञ्जालमा राखेको भन्दै आयोगले उनको परीक्षा रद्द गरेको जानकारी दिएको छ।

बम्मलाई शिक्षक नियमावली २०५७ को नियम २६ को उपनियम १ अनुसार अनुमति पत्रको दरखास्त रद्द गरिने गरी कारबाही गरिएको र सोही नियमावलीको नियम ४३ अनुसार आउँदो २ वर्षसम्म आयोगको कुनै परीक्षामा सहभागी हुन नपाउने गरी रोक लगाइएको शिक्षक सेवा आयोगले जनाएको छ।


३१ साउन २०७९, मंगलवार ०९:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु