punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोनाबाट नेपालमा थप २ जनाको मृत्यु, ४५५ जनामा संक्रमण

Chaupati
safha napa

नेपालमा कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ भने ४५५ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ३ सय ८ पिसिआर परिक्षणका क्रममा ३ सय ५ जना र २ हजार ५ सय २१ एन्टीजेन परिक्षणका क्रममा १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ८८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै थप ३ सय २ संक्रमित निको हुँदा हालस्म्म नेपालमा ९ लाख ७५ हजार ६ सय ९ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ४ सय ३५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


२९ साउन २०७९, आइतवार १६:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु