punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बहिनीको प्रेमीको हत्या आरोपमा २ जना पक्राउ

Chaupati
safha napa

पर्सामा बहिनीको प्रेमीको हत्या गरेको आरोपमा  २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको विश्रामपुर गाउँपालिका वडा नं. ५ का ३० वर्षका प्रितम पटेल र उनका भाइ २८ वर्षका उत्तम पटेल रहेको प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए । उनीहरुले छिमेकका २३ वर्षका राजकुमार ठाकुरको हत्या गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले आफ्नी बहिनीसँग प्रेम सम्बन्ध रहेको शङ्कामा राजकुमार ठाकुरलाई वीरगञ्ज महानगरपालिका १६ नगवामा रहेको आफूहरूको टेलरमा लगेर हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ ।

उनीहरूले हत्यापछि शवलाई बोराभित्र राखी ना ३८ प ४३९५ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल प्रयोग गरी भारतको रक्सौल रेल्वे स्टेशनमा पुर्‍याएर त्यहाँ रोकी राखेको मुजफ्फरपुर जाने रेलको शौचालय छेउको खाली ठाउँमा छाडेको बयान दिएका थिए ।

त्यही बयानका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विनोदकुमार सिंहको कमाण्डमा खटिएको टोलीले भारतीय प्रहरीको समन्वयमा भारत विहार,भागलपुरबाट शव बुझी ल्याएको प्रहरीले जनाएको छ ।

२४ गते ट्युसन पढ्न हिंडेका राजकुमार बेपत्ता भएको भन्दै उनका बाबुले उजुरी दिएपछि खोजतलासका क्रममा पटेल दाजुभाइमाथि शंका लागेर सोधपुछ गर्दा उनीहरुले अपराध स्वीकारेको प्रहरीको दाबी छ ।


२९ साउन २०७९, आइतवार १४:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु