धनगढी पोलिटेक्नीकल इन्स्टिच्यूटमा विद्यार्थीले गरे तालाबन्दी
धनगढी पोलिटेक्नीकल इन्स्टिच्यूटमा विद्यार्थीले तालाबन्दी गरेका छन्। धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालित इन्स्टिच्यूटमा विद्यार्थीले विभिन्न माग राख्दै ताला लगाएका हुन्। वडा नम्बर ६ मा रहेको इन्स्टिच्यूटमा ड्रोइङ शिक्षक, शैचालय निर्माण, खानेपानी तथा विद्युतको व्यवस्थापन, ल्याब स्थापनाको मागसहित ताला लगाइएको विद्यार्थी अमित ठगुन्नाले बताए।
प्रयोगात्मक परीक्षसमेत दिन नपाएको गुनासो समेत विद्यार्थीले गरेका छन् । चालु वर्षका लागि बजेटपनि नदिएका कारण अनिश्चितकालका लागि कार्यालयमा ताला लगाएको विद्यार्थी ठगुन्नाले बताए। उपमहानगरपालिका उक्त माग सम्बोधन हुनेगरि काम नगर्दासम्म ताला नखोल्ने विद्यार्थीको भनाई रहेको छ ।
विद्यार्थीले विभिन्न मागसहित कार्यालयमा ताला लगाएको इन्स्टिच्युटका प्रिन्सीपल सुर्यबहादुर कार्कीले बताए।
२९ साउन २०७९, आइतवार १२:२१ बजे प्रकाशित































