महाकाली नदीमा नुहाउने क्रममा दुई किशोरी बेपत्ता

महाकाली नदीमा नुहाउने क्रममा दुई किशोरी बेपत्ता भएका छन् । बैतडीकोे दशरथचन्द नगरपालिका–८ स्थित मौरामा महाकाली नदीमा नुहाउन गएका २ किशोरी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार मौराकै १४ वर्षीया संगिता टमटा र १५ वर्षीया कविता टमटा नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् । शुक्रबार दिउँसो घरबाट नुहाउन भनेर हिडेका उनीहरु बेपत्ता भएका हुन् । सँगै नुहाउन गएकी अर्की किशोरीले घट्नाबारे खबर गरेकी थिइन् ।

बेपत्ताको जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको टोली र स्थानीयहरुले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।


२७ साउन २०७९, शुक्रवार २०:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु