कैलालीमा जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ
कैलालीमा जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका २ शिवनगरमा ४५ वर्षीय सन्देश केसीले सञ्चालन गरेको सन फ्लावर गेस्ट हाउसबाट ४ जना पक्राउ परेको हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिए प्रहरी टोलीले ४ जनालाई २ लाख ९० हजार १०० सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा होटेल सञ्चालक केसी, गोदावरी –४ बस्ने ३५ वर्षीय टेकबहादुर रावल, सोही ठाउँका ४२ वर्षीय पदम भट्ट र बैतडी पुर्चौडी नगरपालिका ३ बस्ने २६ वर्षीय केशव कुँवर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
धनगढी उप–महानगरपालिका २ बस्ने बर्ष ३४ का सागर सिंह भने भाग्ने क्रममा चोट पटक लागेर घाइते भएका छन् । उनको मायामेट्रो अस्पताल धनगढीमा उपचार भईरहेको छ ।
उनीहरुको साथबाट नगदसहित सिलबन्दी तास गड्डी ६ थान, खुल्ला गड्डी ५ थान फेला पारी इलाका प्रहरी कार्यलय मालाखेतीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
२७ साउन २०७९, शुक्रवार २२:०४ बजे प्रकाशित













