punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घोडाघोडी बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा सापकोटा

Chaupati
safha napa

कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा कांग्रेस भर्सेस अन्य पार्टीको प्रतिस्पर्धा भएको छ । कांग्रेसइतर दलहरूको समर्थनमा विष्णु सापकोटा अध्यक्ष निर्वाचित भएका छन् ।

कांग्रेस उम्मेदवार छविलाल तिवारीलाई हराउँदै सापकोटा अध्यक्ष बनेका हुन् । घोडाघोडी अस्पतालको अध्यक्षसमेत रहेका सापकोटाले तिवारीलाई ६६ मतले पछि पारेका थिए । तिवारीले १६८ मत पाउँदा सापकोटाले २३४ मत पाए ।

उपाध्यक्षतर्फ पनि सापकोटा प्यानलका यज्ञराज बिनाडी निर्वाचित भए । उनले १८९ मत ल्याए । उनीसँग पराजित भएका भानुभक्त आचार्यले १६० मत पाएका थिए । सदस्यतर्फ भने मिश्रित परिणाम आएको छ । सापकोटा प्यानलबाट महिला सदस्यमा नारायणी गौतम र खुल्लाबाट दुर्गा सापकोटा निर्वाचित भए ।

तिवारी प्यानलबाट आयुष जोशी र नारायण आचार्य निर्वाचित भए । सदस्यतर्फ आचार्यले सबैभन्दा धेरै मत पाएका थिए ।


२५ साउन २०७९, बुधवार २१:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु