punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महानगरको अल्टिमेटम कार्यान्वयन नगर्न आदेश दिएपछि बालेनको यस्तो प्रतिक्रिया

Chaupati
safha napa

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले संविधान संशोधन गरेर भए पनि नक्सा पास गर्ने अधिकार सर्वोच्चलाई दिनुपर्ने टिप्पणी गरेका छन् ।

‘नक्सा पास नगरी बनाएको संरचनाहरूलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ,’ बालेनले फेसबुकमा लेखेका छन् ।

महानगरपालिकाले नर्भिक अस्पताललाई नियमविपरीत बनाइएका संरचना २४ घण्टाभित्र हटाउन दिएको अल्टिमेटम तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएपछि बालेनको उक्त प्रतिक्रिया आएको हो ।

महानगरले नक्सा पास नै नगरी बनाइएका संरचना २४ घण्टाभित्र हटाउन अल्टिमेटम दिएपछि नर्भिकले सर्वोच्चमा रिट दायर गरेको थियो । उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले उक्त अल्टिमेटम तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।


२५ साउन २०७९, बुधवार २०:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु