कटनी नदीमा डुबेर एक बालिकाको मृत्यु
कैलालीको कटनी नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका–२ उजेलीसेभर बस्ने पुरन ठकुल्लाकी ९ वर्षीया छोरी आयुशाको नदीमा डुबेर मृत्यु भएको हो ।
आइतबार दिउँसो नदीमा नुहाउने क्रममा डुबेर घाइते भएकी उनको स्थानीय मिरर अस्पताल हसुलियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
२ साउन २०७९, सोमवार १७:२३ बजे प्रकाशित































