जंगलमा फालिन्छ धनगढी बजारको फोहोर, व्यवस्थापनमा समस्या

धनगढीमा फोहोरको व्यवस्थापन हुन नसक्दा समस्या उत्पन्न भइरहेको छ । डम्पिङ साइट निर्माण हुन नसक्दा उपमहानरको फोहोर नदी किनार र सडक छेउमा देख्न सकिन्छ ।

उपमहानगरले फोहोर नउठाउने भने होइन । तर, त्यो फोहोरको व्यवस्थापन हुन सकेको छैन् । धनगढी बजारको फोहोर नदी छेउछाउ, सडक छेउछाउमा मात्रै होइन अहिले जंगलभित्र समेत देखिन थलेको छ ।

धनगढी उपमहानगरपालिका ७ देवहरिया जंगल क्षेत्रमा अहिले फोहोरको थुर्पो देख्न सकिन्छ । बजार क्षेत्रबाट निस्किने फोहोर अहिले जंगलको सडक छेउछाउमा थुपारिएको छ । घरबाट निस्कस्ने फोहोर मात्रै होइन पसल, होटेलबाट निस्किने फोहोर प्लास्टिक, बोइलर कखुराको भुत्ला, सिनो, सिसाका बोतल तथा फुटेका काँच लगायतका फोहोरले वन क्षेत्र दुर्गन्धित एवम् फोहोर भएको छ । यसरी जताभावी फोहोर फालिँदा जंगल नै कुरुप मात्र होइन, स्वास्थ्यको जोखिम पनि बढेको त्यस क्षेत्र आसपासका स्थानीयबासी बताउँछन् ।

No description available.

धनगढी ७ जोखर तालका स्थानीय सिता चौधरीले रातिको समयमा बजारदेखि आएकाले फोहोर जंगलभित्र फाल्ने गरेको बताइन् । ‘राति सुतिसकेपछि जंगलमा फोहोर फाल्न आउछन् हामीलाई थाहा नै हुँदैन बजारको फोहोर अहिले जंगलमा थुपारिएको छ ।’ बजारबाट आउनले फोहोर जंगलमा थुपार्ने गरेको उनले बताइन् । उनले धनगढी बजार क्षेत्रमामात्रै नभएर अहिले जंगलमा पनि दुर्गन्ध फैलिएको बताइन् । सुधिराम चौधरी पनि पहिले बनमा फोहोर नहुने भए पनि आजभोलि भने जंगलमा फोहोर फालिएको बताउँछन् । उनले यसमा नागरिकहरुले आफैँले पनि ध्यान दिनुपर्ने बताए ।

No description available.

धनगढी ७ कै स्थानीय विद्यादेबि चौधरीले बजारको फोहोर अहिले जंगल पसेको बताएकी छन् । उनले बजारबाट निस्किने फोहोर व्यवस्थापन गर्न नसकेकै कारण त्यहाँका मानिसहरुले जंगलमा फोहोर फाल्ने गरेको बताइन् । ‘पहिले जंगलभित्र हिँड्दा कहिँ कतै फोहोर देखिँदैन थियो’, उनले भनिन्, ‘अहिले जताततै फोहोर फालेको देखिन्छ ।’

कुहिने र नकुहिने फोहोर एकै ठाउँमा हुँदा झन सडक आसपासमा दुर्गन्ध फैलिने गरेको छ । थुपारिएको फोहोरमै छाडा चौपाया र कुकुर जम्मा हुने गरेको छ । मुख्य सडक नै छोपिनेगरी फालिने फोहोरले बजार कुरुप बनाउनुका साथै दुर्गन्ध फैलिएर विभिन्न किसिमका रोगहरु लाग्ने जोखिम पनि छ । अहिले त्यहि बजारको फोहोर जंगलमा फाल्ने गरेपछि जंगल नै कुरुप देखिन थालेको छ । धनगढी उपमहानगरपालिकाले फोहोर संकलनलाई व्यवस्थित गर्न नसकपछि मानिसहरुले मनलाग्दी गरेर जताततै फोहोर फाल्ने गरेका छन् ।

No description available.
धनगढी उपमहानगरपालिका डिभिजनल ईन्जिनियर शहरी विकास तथा प्राविधिक शाखा प्रमुख दीजराज भट्टले व्यवस्थापन केन्द्रको निर्माण हुन नसक्दा फोहोर व्यवस्थापनमा समस्या भएको बताए ।

‘बजारको फोहोर दैनिक उपमहानरले उठाइरहेको छ । संकलन भएको फोहोरलाई खाल्डो जमिन, खोला किनारमा फाल्ने गरेका छौँ,’ उनले भने । जहाँनिर ‘फोहोर फल्न मनाही छ’ लेखिएको हुन्छ । सबैभन्दा बढी मानिसहरुले त्यहिँ फोहोर गरेका छन् ।

जंगलभित्र या अन्य सार्वजनिकस्थलमा फोहोर फालेको देखिएमा १५ हजारसम्म जरिमाना तथा कारबाही हुने उनले बताए । ‘क्षेत्रीय शहरी विकासअन्र्तगत काम भइरहेको छ, एसियाली विकास बैंकको सहयोगमा क्षेत्रीय शहरी विकासको आयोजनाअन्र्तगत व्यवस्थापन केन्द्रको निर्माण हुन्छ ।’

उपमहानरले फोहोर ब्यवस्थापनका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको उनले बताए । धनगढी उपमहानगरपालिकाले बजार क्षेत्रको सरसफाइमा वार्षिक करोडौं रुपैँया खर्च गरिरहेको छ ।


२७ असार २०७९, सोमवार १६:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु