राष्ट्रिय ख्रीष्टियन महासंघको सुदूरपश्चिम भेला सम्पन्न
राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको सुदूरपश्चिम प्रदेश भेला, विशेष अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन भएको छ । धनगढीमा दुई दिनसम्म चलेको भेलाले विशेष अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन भएको हो ।
भेलाले २९ सदस्यीय प्रदेश समिति चयन गरेको छ । जसमा प्रदेश प्रमुखमा डा।नरीराम लुहार ९बिनोद० र उपप्रमुखमा पास्चर बिरकेश सुनार र उपप्रमुखमा अगुवा शर्मिला ताम्राकार चयन भएका छन् ।
त्यस्तै मण्डली समन्वय विभाग प्रमुखमा पास्चर गर्वलाल तामाङ्ग, महिला विभाग प्रमुखमा अगुवा यशोदादेवी टमटा, प्रार्थना विभाग प्रम्खमा पास्चर खुशीराम चौधरी, महिला विभाग उपप्रमुखमा पास्चर सरस्वती गुरुङ्ग ९सानु०, मण्डली समन्वय विभाग उपप्रमुखमा पास्चर सुरज नेपाली, सचिवमा फादर करनबहादुर कैनी, सहसचिवमा पास्चर दिल तामाङ्ग, कोषाध्यक्षमा अगुवा शेरबहादुर ताम्राकार चयन भएका छन् ।
यस्तै सदस्यहरु अगुवा जितराज भट्ट, पास्चर माने लुहार, हरिलाल ताम्राकार, अम्म चदारा, नवराज कामी, लोकबहादुर सुनार, धनबहादुर कामी, सन्तोष सुनाम, अगुवा उत्तरराम टमटा, सनम चौधरी, केशव ताम्राकार, पञ्चराम राना, महेश लावड, राज नेपाली, महेश नेपाली, महेश नेपाली, नरेन्द्र कठायत, आमोस सोब चयन भएका छन् ।
साथै भेलाले यसअघि सरकारसंग भएका तीन बुँदे र ६ बुँदे सहमति कार्यान्वय गर्न माग गर्ने निर्णयसमेत गरेको छ । ख्रीष्टियन समुदायको विभिन्न पर्वहरुमा सार्वजनिक बिदाहरु समेत कटौती गरेको उनीहरुको गुनासो छ ।
सरकारले विनियोजन गर्ने रकममा समेत विभिद भएको महासंघका कार्यबाहक अध्यक्ष डा। फिलेमोन खड्का क्षेत्रीले बताए । आफूहरुको माग सम्बोधन गर्न देशभर व्यापक रुपमा ध्यानार्कषण कार्यक्रमसमेत गरिने उनको भनाई छ ।
महासंघले सुदूरपश्चिमबाट सुरु गरेको प्रदेश भेला, विशेष अधिवेशन तथा प्रशिक्षण कार्यक्रम अन्य प्रदेशमा पनि गरिने जनाएको छ ।
२६ असार २०७९, आइतवार २०:०४ बजे प्रकाशित












