कैलालीमा करेन्ट लागेर घाईते भएका युवकको मृत्यु

कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । आइतबार गोदावरी न.पा. १ धनगढी रोड स्थित नेपाल बिद्युत प्राधीकरण अत्तरियाको कम्पाउण्ड भित्र सु.प.प्र. ०१–००१–ख २६७४ न. ट्रकमा बिद्युतको तारहरू लोड गर्ने क्रममा युवकको घाइते भएका थिए ।

मृत्यु हुनेमा सोहि ट्रकका सह चालक बझाङको केदारस्यु गा.पा.१ बस्ने २१ बर्षीय सन्तोष भण्डारी रहेको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाईते भएका उनको उपचारको क्रममा केजि अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रहरी नायव उपरिक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।


२६ असार २०७९, आइतवार १९:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु