खेत जोत्दाजोत्दै बझाङका वडासदस्यको मृत्यु

बझाङमा खेत जोत्दाजोत्दै एक वडासदस्यको निधन भएको छ। जिल्लाको मष्टा गाउँपालिका(७ का नवनिर्वाचित वडासदस्य बमबहादुर बोहराको आज निधन भएको हो।

बोहरा बिहान गाउँ नजिकैको खेतमा हलो जोत्दाजोत्दै रिंगटा लागेर अचानक ढलेका थिए। रिंगटा लागेर ढलेका उनको त्यहीँ ज्यान गएको हो। मृतक बोहरा  नेकपा एमालेबाट वडासदस्यमा निर्वाचित भएका थिए।


२५ असार २०७९, शनिवार १५:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु