बुढीगंगा २ को अध्यक्षमा एमालेका भण्डारी विजयी

बाजुराको बुढीगंगा नगरपालिका २ को अध्यक्षमा नेकपा एमालेका पदमबहादुर भण्डारी विजयी भएका छन् । भण्डारी ८३८ मत ल्याउँदै विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नरबहादुर थापाले २३५ मत ल्याएका  छन् ।  यो वडामा एमालेको विजयी भएसँगै बुढीगंगाका ४ ओटा वडा समेत एमालेले जितेको छ । अहिले वडा नम्बर ३ र ८ को मत गणना भइरहेको छ।


२५ असार २०७९, शनिवार १४:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु