नवजीवन अस्पतालमा उपचार गराईरहेका एक पुरुषमा कोरोना पुष्टि
धनगढी,जेठ ३१ । धनगढीको नवजीवन अस्पतालमा उपचार गराईरहेका एक पुरुषमा कोरोना पुष्टि भएको छ । गोदावरी नगरपालिका वडा नम्बर ७ का ४३ बर्षीय पुरुषमा शनिवार राति ११ बजे कोरोना पुष्टि भएको हो ।उनी केही दिनदेखि नवजीवन अस्पतालको आईसियुमा उपचार गराईरहेका थिए
ईमरजेन्सी केस भएका कारण शनिवार राति धनगढी स्थित प्रयोगशालामा जाँच गर्दा उनीमा कोरोना पुष्टि भएको हो ।
पुरुषको सम्पर्कमा आएकाहरुलाई नवजीवन अस्पतालको आईसियुमा राखिएको छ भने कोरोना संक्रमितलाई सेती प्रादेशिक अस्पतालका आइसोलोसेन वार्डको आईसियुमा राखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए ।
३२ जेठ २०७७, आइतवार ०५:२४ बजे प्रकाशित































