punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोनाका कारण मृत्यु भएकी महिलासँगै डायलासिस गराएका पुरुषमा पनि कारोना पुष्टि

Chaupati
safha napa

धनगढी,जेठ ३१ । सेती प्रादेशिक अस्पतालमा डायलासिस गराउने क्रममा मृत्यु भई कोरोना पुष्टि भएकी महिलासँगै डायलासिस गराएका एक पुरुषमा पनि संक्रमण देखिएको छ ।

कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्वर ४ महिमा टोलकी ५५ वर्षीया महिलाको डायलासिस गराउने क्रममा १० दिन अघि सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । उनको मृत्यु पछि स्वाव परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

उनी सँगै किड्नीको डायलासिस गराएका धनगढी उपमहानगरपालिका ३ का ४३ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

नियमित सेती अस्पतालमा डायलासिस गराई आफ्नै घरमा रहेका ति पुरुषमा शनिबार कोरोना पुष्टि भएको हो । शनिबार सुदूरपश्चिम प्रदेशमा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएका मध्यका एक ति पुरुष पनि हुन् ।


३२ जेठ २०७७, आइतवार ०५:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु