केन्द्रीय सदस्यमा धामी मनोनित
नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा कैलालीका युवा नेता रमेश धामी मनोनीत भएका छन् । आइतबार काठमाडौँमा बसेको पार्टीको तेस्रो पूर्ण बैठकले धामीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।
पार्टी अध्यक्ष पुष्पकमल कमल दाहाल प्रचण्डको अध्यक्षमा बसेको बैठकबाट धामी केन्द्रीय सदस्यमा मनोनीत भएका हुन् ।
आफ्नो मुल्याकन गर्दै पार्टीले केन्द्रीय सदस्यमा मनोनीत गरेको भन्दै धामीले केन्द्रीय नेतृत्व र पार्टीलाई धन्यवाद दिएका छन् । पार्टी संगठनमा विगत झैँ थप सशक्त भएर काम गर्ने धामीको प्रतिबद्धता छ ।
१९ असार २०७९, आइतवार १७:०८ बजे प्रकाशित













